
काठमाडौं, जेठ १४ । पत्रकारहरुले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि गम्भीर हुन सरकारलाई आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघ उपत्यका, प्रतिष्ठान र एसोसिएट प्रदेश समितिको आयोजनामा सोमबार काठमाडौंमा गरिएको ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयन समस्या र समाधानका उपाय’ विषयक अन्तक्र्रियामा पत्रकारहरुले ऐन कार्यान्वयन गर्न माग गरेका हुन् ।
उनीहरुले सरकारले नीति, नियम बनाउने तर त्यसको अनुगमन नगर्दा सञ्चार गृहहरुको मनोमानी बढेको आरोप लगाए ।
कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले न्यूनतम पारिश्रमिक २९ हजार रुपैयाँ बनाउन पहल गरिने बताए ।
पत्रकारहरुले न्यूनतम पारिश्रमिकमात्र नभई अन्य सेवा सुविधामा पनि राज्यले ध्यान दिनुपर्ने, अगाडिका सम्झौता कार्यान्वयन भए÷नभएको बारेमा पनि सञ्चार गृहहरुको अनुगमन गर्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्