७ भाद्र २०८२, शनिबार | Sun Aug 24 2025


धादिङमा बस दुर्घटना, एक जनाको मृत्यु


0
Shares

धादिङ, कात्तिक २४ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाटनजिकै दुईवटा बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

दुर्घटनामा ३० जना घाइते भएका छन् । मृत्यु हुनेमा बस चालक चितवन राप्ती नगरपालिका निवासी ईश्वर भण्डारी हुन् ।

वीरगन्जबाट काठमाडौ आउँदै गरेको ना७ ख ५२८१ नम्बरको बस र काठमाडौंबाट पर्यटक लिएर पोखरा जाँदै गरेको बा१प ६७७ नम्बरको बस ठोक्किएका हुन् ।

घाईतेहरुको मलेखु सामुदायिक अस्पताल र गजुरी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । केहीलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।