१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


बालकृष्ण ढुंगेलको सजाय मिनाहासम्बन्धी सक्कल फाइल झिकाउन आदेश


0
Shares

न्यायाधीश मीरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा सोमबार बहस नसकिएकाले अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफलका लागि मंगलबार लागि पेसी तोकी सजाय मिनाहासम्बन्धी सक्कल कागजात पेस गर्न आदेश जारी गरिएको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा माफी दिने ‘सरकारी निर्णय’ रोक्न माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दिएका थिए ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले शुक्रबार ढुंगेललाई माफी दिनाका कारणसहित २४ घन्टाभित्र दुवै पक्षलाई छलफलका लागि सोमबार बोलाएको थियो । रासस