
बारा, कात्तिक २४ । बाराको निजगढ नगरपालिका–९ स्थित भमरा पुलमा जिप र ट्याक्सी आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।
चितवनबाट सर्लाही जाँदै गरेको ग२ च २३२५ नम्बरको बोलेरो जिप र रौतहटको गुजारा नगरपालिकाबाट निजगढ आउँदै गरेको बा२ज २११७ नम्बरको ट्याक्सी ठोक्किँदा अन्य दुईजना घाईते भएका छन् ।
दुर्घटनामा ट्याक्सी चालक भक्तपुरका समुन्द्र श्रेष्ठ तथा ट्याक्सीमा सवार निजगढ–७ का आकाश माझी र सोही ठाउँका विशाल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्सीमा सवार नरेश माझी र अर्जुन माझीको चितवनको भरतपुरस्थित पुरानो मेडिकल अस्पतालमा उपचार भइरहेको छ ।
चालकले मादक पदार्थ सेवन गरी ट्याक्सी चलाएकाले दुर्घटना भएको बताइएको छ । बोलेरोका चालकका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्