
क्यालिफोर्निया, कात्तिक २४ । अमेरिकाको क्यालिफोर्नियामा लागेको भीषण डढेंलोमा परेर कम्तिमा ९ जनाको मृत्यु भएको छ ।
क्यालिफोर्नियाका दुई स्थानबाट फैलिएको डढेंलोका कारण त्यहाँको जनजीवन नै प्रभावित भएको छ । जोखिम युक्त क्षेत्रका १ लाख ५० हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । लस एन्जलसको पश्चिमी क्षेत्रबाट फैलिएको डढेंलो प्रमुख राजमार्गसम्म बिस्तार भएको छ ।
आगलागीका कारण मालबुसहितका तटीय क्षेत्रमा जोखिम बढेको छ । यस्तै साक्रामेन्तो नजिककै क्याम्प फायरले नष्ट गरेको अवस्थामा पाँच जनाको शव कारमा भेटिएको छ ।
दुवै क्षेत्रबाट फैलिएको आगो तीव्र रुपमा बिस्तार हुँदै गएका छन् । तीव्र गतिमा हावा चलेका कारण पनि आगो बढी फैलिएको हो । आगलागीका कारण कालाबासास तथा मालबुसहितका क्षेत्र बढी प्रभावित भएका छन् ।
यी क्षेत्रका धेरै सेलिब्रेटीको बसोबास पनि छ । किम कारडासियनसहितका सेलिब्रेटीले घर छाडेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्