Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


एउटै गाउँका झण्डै दुई सय परिवार व्यावसायिक तरकारी खेतीमा


0
Shares

कञ्चनपुर, कात्तिक २४ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बलुवाफाँटाका अधिकांश किसान व्यावसायिक तरकारी खेतीमा लागेका छन् ।

धान, गहुँजस्ता परम्परागत बालीभन्दा तरकारी खेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका झन्डै २ सय परिवार व्यावसायिक तरकारी खेतीमा लागेका हुन् । उनीहरुले उत्पादन गरेको तरकारी स्थानीय बजारमै खपत हुने गरेपछि तरकारी खेती गर्न थप हौसला मिलेको छ ।

थोरै जमिन र थोरै लगानीमा पनि परिश्रम गरे मनग्य आम्दानी हुने गरेको किसानहरु बताउँछन् ।

जिल्ला कृषि विकास कार्यालय र अन्य विभिन्न संघ, संस्थाले गाउँमै आएर तालिम दिएकाले पनि व्यावसायिक तरकारी खेतीमा लाग्न सजिलो भएको स्थानीय टेकराज चौधरीले बताए ।