
उक्त शव दार्चुलाको लेकम गाउँपालिका–६, उच्चाकोटका ४५ वर्षीय कृष्णसिंह धामीको रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।
शव परिक्षणका लागी गोकुलेश्वर अस्पतालमा राखिएको छ ।
मृतक धामीले मादकपदार्थ सेवन गरेको र भीरबाट लडेर चौलानी नदीमा खसेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका–६, पन्ज्युनयाँस्थित चौलानी नदी किनारमा सोमबार साँझ ७ बजेतिर स्थानीय बासिन्दाले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्