काठमाडौं, कात्तिक २३ । उखु किसानले राज्यबाट पाउनुपर्ने अनुदान रकमसमेत नपाएको गुनासो गरेका छन् ।
राज्यबाट अनुदान प्राप्त गर्न प्रक्रियासमेत अव्यवहारिक बनाइएको गुनासो उखु किसानको छ ।
नेपाल उखु उत्पादक किसान संघका अध्यक्ष राजकुमार उप्रेतीले पहिला एकद्वार प्रणालीबाट रकम लिइने गरेपनि बजेटपछि भने यसलाई जटिल बनाइएको बताए ।
चिनी उद्योगबाट पाउनुपर्ने करिब ९५ प्रतिशत रकम किसानले पाइसकेको उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्