
धनगढी, कात्तिक २३ । धनगढी उपमहानगरपालिका—४ स्थित बसबिसौनी परिसरमा शुक्रबार ना४ख ४२६४ नम्बरको बसका सहचालक मोहन बोहरा मृत भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता हरिबहादुर ओलीले बाजुरा जिल्लाको ढाटाकोटका अन्दाजी ४५ वर्षीय बोहरालाई बसबिसौनी परिसरमा मृत फेलापारिएको जानकारी दिए ।
बोहराको मृत्यु शंकास्पद रहेको ओलीले बताए ।
उक्त घटनामा अनुसन्धानका लागि चारजनालाई प्रहरीले पक्राउ गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्