७ भाद्र २०८२, शनिबार | Sun Aug 24 2025


उपराष्ट्रपति पुनले लगाए भाइटीका


0
Shares

काठमाडौं, कात्तिक २३ । उपराष्ट्रपति नन्दबहादुर पुनले भाइटीका लगाएका छन् ।

उनले शुक्रबार बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा कपुरधारास्थित उपराष्ट्रपतिको निवासमा भाइटीका लगाएका हुन् ।

उपराष्ट्रपतिकी दिदी गृहजिल्ला रोल्पामा रहेकाले उनले नजिकका बहिनीहरु चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाबाट टीका लगाएका हुन् । रासस