
काठमाडौं, कात्तिक २३ । पूर्वराजा ज्ञानेन्द्र शाहले शुक्रबार भाइटीकाको टीका लगाएका छन् ।
बहिनी शोभा शाहीको निवास काठमाडौंको कमलादीमा पुगेर पूर्वराजा शाहले टीका लगाएका हुन् ।
बिहान ९ बजेर ५१ मिनेटको साइतमा उनले टीका लगाएका थिए ।
पूर्वराजा शाहले आफ्ना ज्योतिषले दिएको साइतअनुसार टीका लगाउने गरेका छन् ।
टीका लगाइसकेपछि सन्चारकर्मीहरुसित कुरा गर्दै पूर्वराजा शाहले भाइटीका पर्वले सबै नेपाली दाजुभाइ–दिदीबहिनीबीच सम्बन्ध सुमधुर बनाउने कामना गरे ।
प्रतिक्रिया दिनुहोस्