Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


सप्तरीमा चितुवाको आक्रमणबाट महिला घाइते


0
Shares

राजविराज, जेठ १७ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ स्थित जिता नदीमा चितुवाको आक्रमणबाट बुधबार एक महिला गम्भीर घाइते भएकी छन् ।

स्थानीयबासी शिवकुमार सरदारकी ३० वर्षीया श्रीमती प्रेमवती सरदारले घर नजिकै जिता नदी छेउमा गाई गोरु चराउन गएको बेला एक्कासि आएको चितुवाले आक्रमण गर्दा उनी घाइते भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

घाइते सरदारको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । (रासस)