Logo २२ पुस २०८२, मंगलबार | Tue Jan 6 2026


काठमाडौंका डान्सबार, रोधीघरमा छापा, ३९ बालबालिकाको उद्धार, सन्चालक पक्राउ


0
Shares

परिसरअन्तर्गत् रहेका वृत्त र प्रभागको टोलीले माइती नेपाल र सिबिन नेपालको सहकार्यमा गोंगबु, ठमेल, कोटेश्वर, बानेश्वर, बालाजुलगायतका होटल र डान्स रेस्टुरेन्टहरुमा नाबालक केटीलाई जबर्जस्ती काम लगाउने गरेको सूचनाका आधारमा बुधबार राति छापा मारेर बालिकाको उद्धार गरेको हो ।

जसमध्ये ठमेलबाट तीन, कोटेश्वरबाट दुई, बालाजुबाट ११, गोंगबुबाट १४ र बानेश्वरबाट ९ जनालाई नियन्त्रणमा लिइएको हो ।

उद्धार गरेकामध्ये ३२ जनालाई माइती नेपाल र सातजनालाई सिबिन नेपाल पठाएको छ ।

प्रहरीले नाबालकलाई काममा लगाउने बेबो डान्स रेस्टुरेन्ट ठमेलका सन्चालक दावा लामा, रिभरसाइड डान्स रेस्टुरेन्ट गोंगबुका सन्चालक शेरबहादुर तामाङ, रक डान्सबार गोंगबुका सन्चालक विजयसिंह लामा, सिभिला डान्स रेस्टुरेन्ट गोंगबुका मेनेजर अष्ट तामाङ, डेबिटफल डान्स रेस्टुरेन्ट गोंगबुका मेनेजर शिशिर राई, स्टेज डान्सबार गोंगबुका सन्चालक दयाराम टटाला, टाइगरटप रेस्टुरेन्ट नयाँबानेश्वरका सन्चालक सुमन श्रेष्ठ र न्यू टाउन रेस्टुरेन्ट नयाँबानेश्वरका सन्चालक विपीन श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले नाबालक केटाकेटीलाई जबर्जस्ती काम लगाउने, शारीरिक एवं मानसिक दुर्व्यवहार गर्ने, पारिश्रमिक नदिने, कुटपिट तथा डरत्रास देखाउने गरिएको बताए ।

पक्राउ परेका होटल तथा डान्सबार सन्चालकलाई सार्वजनिक मुद्दा चलाउने तयारी भइरहेको उनले जानकारी दिए । रासस