काठमाडौं, कात्तिक २३ । युरोपा लिग फुटबलमा गएरातिका खेलपछि ७ वटा क्लब अर्को चरणमा प्रवेश गरेका छन् । यसरी अर्को चरण अर्थात अन्तिम ३२ मा छानिने टोलीमा इङ्ल्यान्डका चेल्सी र आर्सनल, जर्मनीका फ्र्याङ्कफर्ट र बायर लिरभकुजेन, ईटालीको लाजियो, क्रोएसियाको डाईनामो जाग्रेब र स्विट्जरल्याण्डको एफसी ज्युरिच रहेका छन् ।
समूह ‘एल’को खेलमा चेल्सीले रोमानियाको बाते बोरिसोभलाई १–० ले हराउँदा अर्को इङ्लिस क्लब आर्सनलले पोर्चुगलको स्पोर्टिङसँग गोलरहित बराबरी खेल्यो ।
यसैगरी अन्तिम ३२ चरणमा छानिएको जर्मन टोली बायर लिभरकुजेनले स्विट्जरल्याण्डको एफसी ज्युरीचलाई १–० ले हराउँदा आईन्त्राच फ्र्याङ्कफर्टले साईप्रसको अपोलोन लिमासोललाई ३–२ ले पाखा लगायो ।
यसैगरी ईटालीको लाजियोले फ्रान्सको मार्सेलाई २–० ले हराउँदा क्रोएसियाको डाईनामो जाग्रेबले स्लोभाकियाको स्पार्टाक त्रानाभालाई ३–१ ले पन्छाउँदै अर्को चरणमा स्थान सुरक्षित गर्यो ।
युरोपियन क्लव फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगमा गएराति स्कटल्याण्डको सेल्टिक, स्पेनको सेभिया र ग्रिसको ओलम्पियाकोसले पनि आ–आफ्नो खेल जितेका छन् ।








प्रतिक्रिया दिनुहोस्