१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


भत्ता लिन हाजिर गर्दै बाहिरिँदै सांसदहरु


0
Shares

काठमाडौं, जेठ १८ । प्रतिनिधिसभामा दुई दिनअघि प्रस्तुत भएको बजेटमाथि छलफल चलिरहँदा सांसदहरु संसद भवनमा हाजिर गर्दै बाहिरिने गरेका छन् ।

बिहीबारको बैठकमा हाजिर गर्ने सांसद २२८ भए पनि बैठक अन्तिममा मुस्किलले ६० जना पनि उपस्थित थिएनन् । बैठकमा शीर्ष नेतासमेत उपस्थित भएनन् ।

दोस्रो वरियताका नेतासमेत पुरा समय नबस्दा बजेटमाथिको छलफल प्रभावकारी हुन सकेको छैन । सरकारका मन्त्री पनि न्यूनमात्रै उपस्थित हुने गरेका छन् । –कान्तिपुर दैनिकबाट