
काठमाडौं, असार ११ । पछिल्ला दुई दिन नगन्य अंकले हरियो रहेको सेयरबजारमा सोमबार पुनः गिरावट आयो । नेप्सेमा झन्डै दोहोरो अंकको गिरावट आयो ।
नेप्से १० अंक बराबरले झरेर १२ सय १० मै आएर थामियो । होटल र उत्पादनमूलक समूह नगन्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागे ।
बिमा समूहमा सबैभन्दा उच्च ८० अंक बराबरको गिरावट आयो । जलविद्युत्, लघुवित्त र विकास बैंक समूहमा पनि दोहोरो अंकको कमी आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १५८ कम्पनीका ५ लाख ७५ हजार कित्ता सेयर १८ करोड ५१ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्