१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु


0
Shares

मोरङ, जेठ १८ । मोरङको सुन्दरहरैँचा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान पिकअप गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

बिहान ५ः३० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१च ५४१४ नम्बरको पिकअप गाडीले ठक्कर दिँदा सोही ठाउँका ५० वर्षीय महेश चौधरीको मृत्यु भएको हो ।

पिकअपको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहान ६ः२५ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

ठक्कर दिने पिकअप र त्यसका चालकलाई प्रहरी चौकी, गछियाले नियन्त्रणमा लिएको छ । (रासस)