
राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदबाट पारित पाठ्यक्रमको प्रारुप शुक्रबार पास गरिएको हो ।
सो विषयमा जानकारी दिन शिक्षा मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बजेटले पनि ‘विद्यालय ल्याऊ, टिकाऊ’ भन्ने नाराका साथ बजेट विनियोजन गरेकाले अब शिक्षा क्षेत्रको विकास हुने दाबी गरे ।
उनले बजेटको धेरै रकम शिक्षक र कर्मचारीको तलब–भत्तामा जाने हुँदा शिक्षा क्षेत्रको विकासमा थोरै रकम जाने अवस्था रहेको बताए ।
पाठ्क्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले नयाँ पाठ्यक्रममा नेपाली कला, संस्कृति र मौलिक पहिचानका विषयवस्तुहरु नेपाली र सबै राष्ट्रियभाषाका पाठ्यपुस्तकमा समावेश गरिने बताए ।
पाठ्क्रमले कक्षा–९ र १० मा पाँचओटा अनिवार्य र दुईओटा ऐच्छिक विषय रहने व्यवस्था गरिएको छ भने कक्षा–११ र १२ मा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवन उपयोगी शिक्षा गरी चारओटा विषय अनिवार्य गरिने व्यवस्था गरिएको जनाइएको छ ।
यस्तै, कार्यक्रममा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले हालसम्म २ लाख ५३ हजार बालबालिकालाई भर्ना गरेको भन्दै ६० हजार बालबालिकाहरु भने अझै विद्यालय बाहिरै रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्