Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जोलाई तीनवर्षे काराबासको फैसला


0
Shares

मड्रिड, कात्तिक २२ । रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जलाई तीनवर्षे काराबासको फैसला सुनाइएको छ ।

मड्रिड प्रदेश अदालतले बुधबार उनलाई करछली गरेको ठहर गर्दै काराबास सजायको फैसला सुनाएको हो ।

विश्व चर्चित फुटबल क्लब रियल मड्रिडको अध्यक्षकारूपमा ७५ वर्षीय लोरेन्जोले १९९५ देखि २००० सम्म काम गरेका थिए ।

क्लबको अध्यक्षका लागि हालै भएको अर्को निर्वाचनमा भने उनी पराजित भएका थिए । रासस/सिन्ह्वा