१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


विकास निर्माणमा अवरोध गर्नेलाई कठोर दन्ड : गृहमन्त्री


0
Shares

शनिबार संखुवासभाको खाँदबारीमा जिल्ला प्रशासन कार्यालयको भवन उद्घाटन गर्दै मन्त्री थापाले अहिलेको सरकार भ्रष्टाचार अन्त्य र सुशासनका लागि शून्य सहनशीलताको नीति लिएर अघि बढेको बताए ।

विकास निर्माणमा अवरोध गर्ने ठेकेदार, कर्मचारी र प्रशासकहरुलाई कानुनको दायरामा ल्याइ कठोर दन्ड दिने गृहमन्त्री थापाको चेतावनी छ ।

देश निर्माणको जिम्मा सरकारकोमात्रै नभएर आमनागरिक पनि जागरुक हुनुपर्ने मन्त्री थापाको धारणा छ ।

शनिबारै उनले किमाथांका नाका र अरुण तेस्रो जलविद्युत् आयोजनाकोसमेत निरीक्षण गरे ।