Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


फ्रेन्च ओपन टेनिस : शीर्ष वरियताका नदाल तेस्रो चरणमा


0
Shares

काठमाडौं, जेठ २० । शीर्ष वरियताका स्पेनिस खेलाडी रफाईल नदाल फ्रेन्च ओपन टेनिसको प्रि–क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

तेस्रो चरणको खेलमा फ्रान्सका रिचर्ड ग्यास्केलाई ६–३, ६–२ र ६–२ को सोझो सेटमा हराउँदै साविक विजेता नदाल अन्तिम १६ मा पुगेका हुन् ।

तेस्रो चरणकै अन्य खेलहरुमा स्पेनका रामोस भिलानोसलाई हराउँदै अर्जेन्टिनाका हुँवा मार्टिन डेल पोत्रो, बेलायतका कायल ईडमण्डलाई हराउँदै ईटालीका फाबियो फोग्निनी, फ्रान्सका गेल मोन्फिल्सलाई हराउँदै बेल्जियमका डेभिड गोफिन तथा अमेरिकाका स्टिभ जोन्सनलाई हराउँदै क्रोएशियाका मारिन सिलिच पनि अन्तिम १६ मा पुगेका छन् ।

फ्रेन्च ओपन टेनिसकै महिलातर्फ अष्ट्रेलियाकी समन्था स्टोसरलाई हराउँदै स्पेनकी गार्बिने मुगुरुजा, चेक गणतन्त्रकी क्यारोलिना प्लिस्कोभालाई हराउँदै रुसकी मारिया सारापोभा, जर्मनीकी जुलिया गोर्जेसलाई हराउँदै अमेरिकाकी सेरेना विलियम्स तथा जर्मनीकी आन्द्रिया पेट्कोभिचलाई हराउँदै रोमानियाकी सिमोना हालेप पनि प्रि–क्वाटरफाईनलमा उक्लिएका छन् ।