Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


लमजुङमा ‘मर्स्याङ्दी महोत्सव’को तयारी


0
Shares

लमजुङ, कात्तिक २२ । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा आगामी मंसिरको पहिलो साता ‘मर्स्याङ्दी महोत्सव’ हुने भएको छ ।

हरिबोधनी एकादशी पर्वका अवसर पारेर मंसिर ३ देखि ६ गतेसम्म महोत्सव गर्न लागिएको हो । महोत्सव सञ्चालनका लागि अध्यक्ष अर्जुन गुरुङको संयोजकत्वमा १२५ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

१६ सदस्यीय सचिवालय र १० वटा उपसमितिसमेत गठन गरिएको छ ।

महोत्सवमा धार्मिक मेलासहित कृषि तथा स्थानीय उत्पादन प्रदर्शनी, स्थानीय कला संस्कृतिको प्रदर्शनी, होमस्टेसहितका विभिन्न पर्यटकीय स्थानको भ्रमण, अग्र्यानिक खाना, मनोरञ्जनात्मक कार्यक्रम, भलिबल तथा छेलो प्रतियोगिता, मावि नृत्य तथा वडास्तरीय दोहोरी गीत प्रतियोगिता गरिने भएको छ ।

महोत्सवमा विभिन्न ३० वटा स्टल रहनेछन् । महोत्सवको तयारी तिव्रगतिमा भइरहेको आयोजकले जनाएको छ ।