१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


प्रधानमन्त्री ओलीले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने


0
Shares

हेटौंडा, जेठ २० । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ११ बजे प्रदेश नं ३ को प्रदेशसभाको विशेष बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रदेशसभा सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले मंगलबार नै हेटौंडामा मुख्यमन्त्री डोरमणि पौडेल तथा अन्य मन्त्रीसँग भेटघाट गर्नेछन् ।

उनले जिल्ला समन्वय परिषद् मकवानपुर, हेटौंडा उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख, उद्योगपति तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग समेत भेटघाट गर्ने तालिका रहेको मुख्यमन्त्री पौडेलका स्वकीय सचिव अनुपप्रसाद पौडेलले जानकारी दिए । (रासस)