नेपालमा संघीयताको प्रयोग गलत तरिकाले भईरहेको छः सीपी गजुरेल • Image Khabar Image Khabar


नेपालमा संघीयताको प्रयोग गलत तरिकाले भईरहेको छः सीपी गजुरेल


Imagekhabar
२० जेष्ठ २०७५, आईतवार १९:१४

नेपालमा संघीयताको प्रयोग गलत तरिकाले भईरहेको छः सीपी गजुरेल

काठमाडौं, जेठ २० । देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक नेता सीपी गजुरेलले संघीयताले नेपाललाई कमजोर बनाउने बताएका छन् ।

आइतबार राजधानीमा गरिएको छलफल कार्यक्रममा उनले संघीयताको प्रयोग गलत तरिकाले भईरहेको बताए ।

कम्युनिष्टहरुको बहुमतको सरकार बने पनि देश दिन प्रति दिन कमजोर बन्दै गएको र फाँसीवाद बढ्ने खतरा देखिएको उनको ठहर थियो ।

कार्यक्रममा विभिन्न देशभक्त तथा गणतान्त्रिक शक्तिहरुलाई मिलाएर मोर्चा बनाइएको जानकारी पनि दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्