१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


सबैभन्दा बढी शिक्षा मन्त्रालयसँग सम्बन्धित उजुरी : अख्तियार


0
Shares

त्यसमध्ये ८ हजार ३१० ओटा मुद्दा भने फर्छ्योट गरिएको जनाएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोगले वैशाख मसान्तसम्मको उजुरी र त्यसको प्रगति विवरणको जानकारी गराउँदै सबैभन्दा बढी शिक्षा मन्त्रालयसँग सम्बन्धित उजुरी परेको जानकारी दिएको छ ।

दोस्रो र तेस्रोमा स्थानीय विकास मन्त्रालय र भूमिसुधार तथा व्यवस्था मन्त्रालयसँग सम्बन्धित उजुरी परेका छन् ।

४ हजार १६६ मुद्दालाई तामेलीमा पठाइएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

नक्कली प्रमाणपत्रसम्बन्धी १६ र भ्रष्टाचारसम्बन्धी १०३ गरी जम्मा ११९ मुद्दा विशेष अदालतमा दर्ता गरिएको जानकारी दिँदै आयोगले सबै मुद्दामा गरेर १० खर्ब ४६ करोड रुपैयाँभन्दा बढी बिगो दाबी पनि गरेको पनि जनाएको छ ।