१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी माग, ‘दलित भएकै कारण कोठा पाइँन’


0
Shares

प्रतिनिधिसभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण र भ्रमणकाक्रममा दुई देशबीच हुने छलफलका एजेन्डाबारे जानकारी गराउन माग गरेका हुन् ।

सांसद बडुले भारत र चीनसँग सीमा जोडिएको दार्चुला जिल्लालाई त्रिदेशीय व्यापारिक केन्द्र निर्माणका लागि एजेन्डा तय गर्नसमेत माग गरे ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले सरकारले यातायात क्षेत्रको ‘सिन्डिकेट’ अन्त्यको घोषणा गरेपनि अझै सार्वजनिक यातायात क्षेत्र सुधार हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

उनले निर्माणधीन चक्रपथ अवैज्ञानिक भएकाले वैज्ञानिक तरिकाले चक्रपथ सडक निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

यस्तै, राजपा नेपालका सांसद महेन्द्रराय यादवले तराई–मधेसमा विद्यमान नागरिकताको समस्या तत्काल समाधान गर्न र तराईमा हुने गरेको डुबान समस्याको पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण गराए ।

नेमकिपामा सांसद प्रेम सुवालले चेलिबेटी बेचबिखन अन्त्य गर्नका लागि कठोर कदम चाल्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद कलुदेवी विश्वकर्माले आफू दलित भएकै कारण काठमाडौंमा कोठा नपाएको भन्दै व्यवहारमै छुवाछूतको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराइन् ।