१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


ट्रक र बोलेरो जिप ठोक्किँदा ट्रकमा लाग्यो आगो, तीनजना घाइते (६ तस्वीर)


0
Shares

चितवनबाट काठमाडौं आउँदै गरेको ना५ख ८७७० नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको बा१७च १०९३ नम्बरको बोलेरो जिप ठोक्किएका हुन् ।

ठक्करपछि ट्रकको तेलट्यांकीबाट आगो सल्कन गइ आगोलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् । दुर्घटनामा सो जिपमा सवार तीनजना घाइते भएका छन् ।

ट्रकका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।