Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


गंगामायाको जीवनरक्षा गर्न आयोगको आग्रह


0
Shares

human rights commission statement

आयोगका सचिव वेद भट्टराईले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा गंगामायाको स्वास्थ्यास्थाप्रति संवेदनशील भइ जीवनरक्षाका लागि तत्काल आवश्यक पहल गर्न आयोगले सम्बन्धित सबै पक्ष एवं निकायलाई आह्वान गरिएको छ ।

छोराको न्यायका लािग यही जेठ १५ गतेदेखि पुनः अनशनमा बस्दा र पटक–पटकको अनशनका कारण निजको स्वास्थ्यावस्था अत्यन्त कमजोर र नाजुक बन्दै गएको बताइएको छ ।

सरकार र सम्बन्धित निकायसमेतलाई पटक–पटक ध्यानाकर्षण गराउँदा त्यसतर्फ कुनै सुनुवाइ नहुनु तथा न्याय छिटो–छरितो र सर्वसुलभ हुनुपर्ने मूल्य–मान्यताको परिपालना नहुँदा न्यायिक संयन्त्रप्रतिको जनआस्थामासमेत प्रश्न खडा हुने गरेको आयोगले जनाएको छ । रासस