
नवलपुर, कात्तिक २१ । गौ संरक्षणको माग गर्दै बुधबार नवलपुरमा गाईको र्याली निकालिएको छ ।
स्थानीयहरुले गाईप्रतिको सद्भाव राष्ट्रियरुपमा घट्दै गएको र गाईको संरक्षण नगरिएको भन्दै र्याली निकालेका हुन् ।
राजमार्गमा गाई छाडा छाड्दा दुर्घटना भएको र गाईलाई दुःख दिनेहरुप्रति कडा निगरानी राख्नुपर्ने उनीहरुको माग थियो ।
माला लगाइएका गाईहरुलाई कावासोतीका विभिन्न स्थान परिक्रमा गराइएको थियो ।
कावासोती–३ मा रहेको विश्वमाता गौशालाले गाई छाडा छाड्ने र दूध दिन छाडेका गाईको व्यवस्थापन नगर्दा समस्या भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्