१५ असार २०८२, आइतबार | Mon Jun 30 2025


मकवानपुरमा चट्याङ लागेर २ जनाको मृत्यु, ४ घाइते


0
Shares

मकवानपुर, जेठ २३ । मकवानपुरको बकैया गाउँपालिका–९ च्याउच्याउमा परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

हावाहुरीसँगै गएराति परेको चट्याङ लागेर ५५ वर्षीया छलिमाया थिङ र उनका १५ महिने नाती देव थिङको मृत्यु भएको हो ।

चट्याङ लागेर घाइते भएका उनीहरुको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर ४ जना घाइते भएका छन् ।

घाइते हुनेमा निर्मला भ्लोन, निमेष भ्लोन, निशा भ्लोन र राजु थिङ रहेका छन् । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।