सरकार पछि हट्यो, पुँजीगत लाभकर पुरानै • Image Khabar Image Khabar


सरकार पछि हट्यो, पुँजीगत लाभकर पुरानै


Imagekhabar
२३ जेष्ठ २०७५, बुधबार १४:०६

सरकार पछि हट्यो, पुँजीगत लाभकर पुरानै

लगानीकर्तासँग बुधबार दिउँसो भएको वार्तामा सरकारले चालू आर्थिक वर्षभरि पुरानै व्यवस्थाअनुसार पुँजीगत लाभकर गणना गर्ने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ ।

लगानीकर्ताले कारोबार नै रोकेर आन्दोलनमा उत्रिएपछि मन्त्रालयले सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा सुझाव समिति गठन गरेको थियो ।

लगानीकर्तासँग भएको सहमतिअनुसार समितिको प्रतिवेदनपछि त्यसैअनुसार अगाडि बढ्ने गरी हाललाई पुरानै व्यवस्था कायम गरिएको अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्