पाँच लाख रोजगारी सिर्जना हुन्छ : पूर्वमन्त्री कोइराला • Image Khabar Image Khabar


पाँच लाख रोजगारी सिर्जना हुन्छ : पूर्वमन्त्री कोइराला


Imagekhabar
२३ जेष्ठ २०७५, बुधबार १४:३३

पाँच लाख रोजगारी सिर्जना हुन्छ : पूर्वमन्त्री कोइराला

सन्चार केन्द्र नेपालद्वारा बुधबार राजधानीमा आयोजित ‘बजेटले सामाजिक जीवनमा पार्ने प्रभाव’ विषयक अन्तरक्रियामा उनले कृषि, पर्यटन, ऊर्जालगायत क्षेत्रमा सरकारले गर्ने लगानीले रोजगारीको अवसर सिर्जना गर्ने बताए ।

‘सरकारी स्रोतबाट सन्चालन भइ घाटामा गएका उद्योगलाई पुनः सन्चालनका लागि सरकारले लगानी गर्न हुँदैन’–उनले भने ।

अरुण तेस्रो सरकार आफैंले निर्माण गर्दा देश र जनता लाभान्वित हुने उनको भनाइ थियो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले बजेटले ज्येष्ठ नागरिकको बिमा तथा युवालाई सीपमूलक शिक्षामा प्रोत्साहन गरी विभिन्न परियोजनामा ऋण सहयोगको व्यवस्था गरेका कारण देशमा नयाँ उद्योग थपिने र रोजगार बढ्ने विचार व्यक्त गरे ।

उनले विगतमा मुलुकमा राजश्व चुहावट र भ्रष्टाचारका कारण देश विकासमा अवरोध पुगको र त्यसको अन्त्यका लागि सरकार संवेदनशील हुनुपर्नेमा जोड दिए ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ताको अधिकारका लागि सरकारले बजार हस्तक्षेप र कालाबजारीलाई कारबाहीको नीति ल्याउनुुपर्ने बताए ।

केन्द्रका अध्यक्ष गोविन्द चौलागाइँले जलविद्युत्को विकासका लागि सरकारले प्राथमिकता दिएको बताउँदै त्यसले नागरिकको जीवनस्तर बढ्ने र देशको चाँडो समृद्धि हुनसक्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस्