
अवलोकनपश्चात् मन्त्री महासेठले राजमार्गलाई सुरक्षित बनाउन उपयुक्त विकल्प खोजिने भन्दै सरकार सुरक्षित राजमार्ग बनाउने विषयमा संवेदनशील भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रदेश नम्बर–५ को मेरुदन्डकारुपमा रहेको उक्त सडकको सिद्धबाबामा पटक–पटक डरलाग्दा दुर्घटना भइरहेका छन् ।
जोखिमपूर्ण अवस्थामा रहेको सडकमा वैकल्पिक राजमार्ग निर्माण गर्ने, सुरुङमार्ग निर्माण गर्ने, सेमिटनेल बनाउने, तिनाउखोलामा तीन किलोमिटर बेलिब्रिज बनाउने र मुख्य पहिरो खस्ने ठाउँभन्दा पारीबाट बाटो लैजाने विकल्प रहेका छन् ।
कुन विकल्पअनुसार काम गर्ने भन्ने स्पस्ट नहुँदा सडक विभाग भने अलमलमै छ ।
प्रतिक्रिया दिनुहोस्