१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


कार्यकारी राष्ट्रपतीय प्रणालीका विषयमा सत्तारुढ दलभित्र छलफलै भएको छैन : मन्त्री तामाङ


0
Shares

बुधबार राजधानीमा आयोजित साक्षात्कार कार्याक्रममा उनले सो विषयमा कसैले चाहना व्यक्त गर्दैमा आत्तिनु नपर्ने बताए ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र यस विषयमा छलफलै नभएको र संविधान संशोधन गर्ने कुरा पनि निराधार भएको मन्त्री तामाङले स्पस्ट पारे ।

प्रतिनिधिसभा कार्यसन्चालन नियमावली आगामी शुक्रबार बस्ने संसदको बैठकबाट पारित हुने भन्दै उनले सहमति जुटाउन अझैपनि प्रयास भइरहेको बताए ।

नियामावली पारित भएपछि प्रधानन्यायाधीश, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र राजदूतहरुको नियुक्ति प्रक्रिया अघि बढ्ने उनले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नुपर्ने बेलामा वर्तमान सरकारका कारण असफल होला कि भन्ने आशंका उब्जिएको बताए ।

यस्तै, राष्ट्रिय जनता पार्टी नेपालका नेता मनीष सुमनले प्रदेश नम्बर–२ मा संघीय समाजवादी फोरम नेपाल नेतृत्वको सरकारबाट आफ्नो पार्टी फिर्ता हुने बताए ।