२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सेयर कारोबार सुचारु, नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार न्यून


0
Shares

अर्थ मन्त्रालयले बुधबार दिउँसो चालू आर्थिक वर्षका लागि पुरानै व्यवस्थाअनुसार पुँजीगत लाभकर गणना गर्ने निर्णय गरेसँगै लगानीकर्ताहरुले आन्दोलन फिर्ता गरी कारोबार थालेका हुन् ।

पछिल्ला दुई दिन प्रभावित भइ बुधबार दिउँसो डेढ बजेपछिमात्र सुरु भएको कारोबार सुरुआती समयमा उच्चदरले उकालो लाग्यो ।

आधा घन्टामै २५ अंक बढीले उकालो लागिसकेको नेप्से त्यसयता भने शिथिल हुँदै १३ अंकले सकारात्मक रहेर १२ सय ८२ मा आएर थामियो ।

अन्यबाहेक अरु सबै समूह हरियो रहे । बिमा समूहमा सबैभन्दा उच्च १४४ अंकको सुधार आयो । लघुवित्त समूहमा ३४ अंकको, होटल समूहमा ३० अंक अनि जलविद्युत् समूहमा पनि २४ अंकको सुधार आयो ।

उत्पादनमूलक, विकास बैंक र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले हरियो रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १३८ कम्पनीको ४ लाख ९७ हजार कित्ता सेयर २३ करोड ९० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।