
उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा उनीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराएको सर्वोच्चका सहप्रवक्ता नगेन्द्रप्रसाद कालाखेतीले जानकारी गराए ।
सर्वोच्च अदालतका कामुप्रधानन्यायाधीश दीपकराज जोशी र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको उपस्थितिमा पद तथा गोपनीयताको शपथग्रहण गराइएको हो ।
सो अवसरमा सर्वोच्च अदालतका न्यायाधीश तथा न्यायपरिषद्का सदस्य ओमप्रकाश मिश्रले कानुनले तोकेको मापदन्डका आधारमा काम गरी अधिकतम् न्याय सम्पदान गर्न निर्देशन दिए ।
पहिलोपटक न्याय सेवा आयोगले न्यायाधीशका लागि लिएको परीक्षाबाट १६ जिल्ला न्यायाधीशमा उत्तीर्ण भएका हुन् ।
शपथ गराइएका जिल्ला न्यायाधीशमा एकजना महिला न्यायाधीश कमला पौडेलसहित तेजबहादुर खड्का, सन्तोषप्रसाद पराजुली, केदारनाथ पौडेल, आत्मदेव जोशी, मनोज श्रेष्ठ, कुलप्रसाद पाण्डे, नन्दकिशोरप्रसाद यादव, समनकुमार न्यौपाने, प्रमेश पोख्रेल, ईश्वरीप्रसाद भण्डारी, रामप्रसाद बस्याल, हरिकृष्ण श्रेष्ठ, दिलीपराज पन्त, विश्वनाथ भट्टराई र सोमनाथ अधिकारी रहेका छन् ।
सर्वोच्चका सहप्रवक्ता कालाखेतीले शपथ गराइएका जिल्ला न्यायाधीशलाई राष्ट्रिय न्यायिक प्रतिष्ठानबाट तालिम दिइसकेपछिमात्र जिल्ला बाँडफाँट गरिने जानकारी गराए । रासस
प्रतिक्रिया दिनुहोस्