सिन्धुली, कात्तिक २१ । सिन्धुलीका किसानले धान भित्र्याउन थालेका छन् ।
कमलाखोंच, मरिण, तीनपाटन, माढीका फाँटलगायतका क्षेत्रका किसान धान काट्न ब्यस्त भएका हुन् । कृषि सेवा कार्यालय सिन्धुलीका अनुसार जिल्लामा १६ हजार ४ सय ८० हेक्टरमा धान खेती गरिँदै आएको छ ।
यस वर्ष पनि गत वर्षकै हाराहारीमा धान उत्पादन हुने कार्यालयले अनुमान गरेको छ । जिल्लामा प्रतिहेक्टरमा ३.४ मेट्रिकटन धान उत्पादन हुँदै आएको छ । सोही अनुपातमा यस वर्ष पनि धान उत्पादन हुने आंकलन कार्यालयको छ ।
यता, सिँचाईको सुविधा नभएका केही स्थानमा ढिला धान रोपिएकाले त्यस्ता खेत तथा जमिनमा भने भर्खर धान फल्न थालेको छ ।
सिन्धुलीमा पछिल्लो समय धान झार्न थ्रेसरको प्रयोग बढिरहेको छ । काम गर्ने युवा नहुँदा धान बोक्ने र झार्न कढिनाइ पर्ने गरेको भन्दै अहिले अधिकांश किसानको रोजाइमा थ्रेसर मेसिन पर्ने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्