Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


सूचनाको हक कार्यान्वयन हुनुपर्छ : उपाध्यक्ष पोख्रेल


104
Shares

बासुदेव बर्मा/
कपिलवस्तु, जेठ २४ । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले सूचनाको हक कार्यान्वयनमा जोड दिएका छन् ।

कपिलवस्तुको ४ नम्बर जितपुरमा बुधबार भएको सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष पोख्रेलले सूचनाको कार्यान्वयनमा पत्रकार र नागरिकले सम्बन्धित निकायलाई झकझक्याउनुपर्ने बताए ।

सरकारी कार्यालयहरुमा नागरिकले चाहेको बेला सूचना दिन नखोज्ने गरेको बताउँदै उनले अब त्यो स्थिति आउन नदिने बताए । उनले लोकतन्त्रमा सूचनाको हक महत्वपूर्ण हुने बताए ।

नागरिकहरु सेवा प्रदायक संघसंस्थाबाट सूचना पाउनका लागि अग्रसर बन्नुपर्नेमा उनले जोड दिए ।

नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालको अध्यक्षतामा भएको कार्यक्रमा महासंघका केन्द्रीय सदस्य बसन्त गिरी, प्रदेश अध्यक्ष मौसम रोका, उपाध्यक्ष भरत केसी, प्रदेश सदस्य प्रेमनारायण आचार्य, मनोज श्रीवास्तवलगायतले आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा महासंघको प्रदेश समितिमा निर्वा्चित पदाधिकारीलाई कपिलवस्तु शाखाले सम्मान गरेको थियो ।

कार्यक्रममा जिल्लाका कृयाशील पत्रकारले जिल्लामा सूचनाको हक कार्यान्वयनका पक्षमा धारणा राखेका थिए ।