
तेह्रथुम, कात्तिक २१ । अलैंची सुकाउने आधुनिक भट्टीको प्रयोगबारे जानकारी र पहुँच नहुँदा तेह्रथुमका किसानले परम्परागत भट्टीमै अलैँची सुकाउने गरेका छन् ।
परम्परागत भट्टीमा अलैँची सुकाउँदा किसानलाई झन्झटिलो हुने गरेको छ । अलैंची टिप्न सहज भए पनि सुकाउन आधुनिक प्रविधिको ज्ञान नहुँदा असजिलो भइरहेको किसान बताउँछन् ।
किसानले अहिले पनि ढुंगा, माटोले बनेको परम्परागत भट्टीमै अलैँची सुकाउने गरेका छन् । परम्परागत भट्टीमा सुकाइएको अलैँची गुणस्तरीय नहुने भएकाले यसले उचित मूल्यसमेत पाउने गरेको छैन ।
त्यसैगरी धूलो र धुँवाका कारण किसानको स्वास्थ्यमा समेत असर पुग्ने गरेको छ ।
अलैंची व्यवसायी महासंघ तेह्रथुमका महासचिव तुलसी ढकालका अनुुुसार किसानलाई आधुनिक भट्टीका बारेमा प्राविधिक ज्ञान नहुँदा समस्या भइरहेको छ ।
सबै स्थानमा आधुनिक भट्टी नहुँदा किसान परम्परागत भट्टीकै प्रयोग गर्न बाध्य छन् ।
प्रतिक्रिया दिनुहोस्