समयमै काम नसक्ने निर्माण व्यवसायीलाई स्पष्टीकरणका लागि बोलाइयो • Image Khabar Image Khabar


समयमै काम नसक्ने निर्माण व्यवसायीलाई स्पष्टीकरणका लागि बोलाइयो


Imagekhabar
२४ जेष्ठ २०७५, बिहीबार ११:३८

समयमै काम नसक्ने निर्माण व्यवसायीलाई स्पष्टीकरणका लागि बोलाइयो

कञ्चनपुर, जेठ २४ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई स्पष्टीकरणका लागि बोलाएको छ ।

समयमै काम सम्पन्न नगर्ने २१ वटा आयोजनाका निर्माण व्यवसायीलाई स्पष्टीकरणका लागि बोलाइएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए ।

प्रमुख जिल्ला अधिकारी खड्काले समयमै काम नसक्ने निर्माण व्यवसायीको नाम पठाउने गृह मन्त्रालयको निर्देशनअनुसार २१ वटा आयोजनाका निर्माण कम्पनीको नामसमेत मन्त्रालयमा पठाइएको जानकारी दिए ।

मन्त्रालयमा नाम पठाइएका निर्माण कम्पनीका व्यवसायीलाई स्पष्टीकरणका लागि बोलाइएको उनले बताए । कतिपय निर्माण व्यवसायीले भने असारको दोस्रो साताभित्रै काम सक्ने लिखित प्रतिबद्धता गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्