१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


वचत तथा ऋण सहकारी शिखर गोष्ठी काठमाडौंमा सुरु


0
Shares

काठमाडौं, जेठ २४ । वचत तथा ऋण सहकारी शिखर गोष्ठी आजवाट काठमाण्डौंमा सुरु भएको छ ।

समावेशी आर्थिक विकास भन्ने नाराका साथ सुरु भएको गोष्ठीमा ६६ जिल्लाका सहकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

गोष्ठीको उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नीजि तथा सहकारी क्षेत्रको विकासविना मुलुकको आर्थिक प्रगति सम्भव नहुने बताए ।

सहकारी क्षेत्रले भोगिरहेको नीतिगत समस्याको समाधान खोज्न सरकार तयार रहेको उनको भनाइ थियो ।

मन्त्री पोखरेलले सरकार समृद्धि र विकासका लागि तीब्र ढंगले अघि वढ्न संकल्प गरिसकेको भन्दै यसका लागि सहकारी आन्दोलनले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

यसैगरि कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले सहकारीले जनताको जीवनस्तर उकास्न ठूलो सहयोग पुर्‍याउने भएकाले यो क्षेत्रले भोगिरहेका कठिनाइ दुर गर्न सरकार लागिपरेको जानकारी दिए ।