
सभापति देउवाले बिहीबार उनीहरुलाई कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित)को धारा (२१) (ठ) बमोजिम पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बिहीबारै सभापति देउवाले पार्टी विधानको धारा ४९(१३) (क) र (ख) बमोजिम दमननाथ ढुंगाना (काठमाडौं), तीर्थराम डंगोल (काठमाडौं) र हिरादत्त भट्ट (कैलाली)लाई कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पदमा मनोनयन गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्