Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


नेपालमा आर्थिक विकासको वातावरण सिर्जना : दाहाल


0
Shares

बिहीबार काठमाडौंमा साना तथा मझौला व्यवसायी महासंघको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले विगतमा राजनीतिक अस्थिरताका कारण मुलुकमा आर्थिक विकास हुन नसकेको बताए ।

कृषि, पर्यटन, उद्योगमार्फत् मुलुकको विकास गर्न सबै पक्ष एकजुट हुनुपर्ने उनले बताए ।

मुलुक विकासकै लागि सरकारले छिमेकी देशसँग पनि सन्तुलित सम्बन्ध कायम गरेको उनको भनाइ छ ।

आर्थिक विकास गर्न नेपालमा भएका सम्भावनालाई सही सदुपयोग गर्नु नै अहिलेको चुनौती रहेको उनले उल्लेख गरे ।