
भन्डारण क्षमता कम हुँदा उपभोक्ता समय–समयमा पेट्रोलजन्य पदार्थको अभावसँग जुध्नुपरेको हो ।
दिन–प्रतिदिन पेट्रोलियम पदार्थको माग बढिरहेको छ । पेट्रोलियम पदार्थमा अरु मुलुकमै पूर्णनिर्भर रहनुपर्ने बाध्यता हाम्रोसामु छ ।
तर, नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीमा ७० हजार लिटर पेट्रोल, ७० हजार लिटर मट्टितेल र १५ लाख ९० हजार लिटर डिजेल अटाउने ट्यांकी छन् ।
प्रदेश नम्बर–७ मा दैनिक एक लाख पेट्रोल खपत हुँदै आएको छ । त्यसमा पनि सबैभन्दा बढी समस्या पेट्रोलियम पदार्थको भन्डारणमा देखिएको छ ।
सञ्चित पेट्रोलले एक दिनकोसमेत माग धान्न नसक्ने अवस्था भएकाले यहाँ बेलाबेला पेट्रोलियम पदार्थको अभाव खड्किँदै आएको छ ।
पेट्रोलियम पदार्थको सञ्चितीमा सम्बन्धित निकायले सशक्त पहल नगर्दा उपभोक्तालाई बेलाबखत सास्ती पर्ने गरेको छ ।
यहाँ भएका ६७ ओटा ट्यांकरमध्ये कुुनै दिन एउटा ट्यांकर भारत जान नसके प्रदेश–७ मा पेट्रोलियम पदार्थको अभाव सिर्जना हुने बताउँछन्, आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख शिवराज भण्डारी ।
क्षेत्रीय कार्यालय धनगढीमा देखिएको पेट्रोलियम पदार्थको अभावमा प्रदेश सरकार भने मौन छ ।
प्रदेश सरकारले पेट्रोलियम पदार्थको भन्डारणमा केही गर्न नसक्ने बताउँछ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले यस विषयमा केन्द्र सरकारसँग आग्रह गर्नुको विकल्प नरहेको प्रतिक्रिया दिए ।
पेट्रोलियम पदार्थमा पूर्णरुपमा निर्भर पर्नुपर्ने बाध्यता देशमा भएपनि भन्डारणको समस्या नहुनु आफैंमा लज्जाजनक छ ।
बेलाबेलामा हुने पेट्रोलियम पदार्थको अभावका कारण उपभोक्तालाई निकै मारमा पार्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्