प्रदेश–२ को सरकारलाई दिएको समर्थन कायमै : राजपा • Image Khabar Image Khabar


प्रदेश–२ को सरकारलाई दिएको समर्थन कायमै : राजपा


Imagekhabar
२४ जेष्ठ २०७५, बिहीबार १८:५५

प्रदेश–२ को सरकारलाई दिएको समर्थन कायमै : राजपा

राजपा अध्यक्षमन्डलको बिहीबार बसेको बैठकले प्रदेश नम्बर–२ को सरकारकाविरुद्ध कुनैपनि प्रकारले अनावश्यक टिप्पणी नगर्न सम्पूर्ण पार्टीपंक्तिलाई निर्देशन दिने निर्णय गरेको छ ।

‘राजपा नेपाल सम्मिलित मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा आफ्नो पार्टीको समर्थन, सहयोग र सहभागिता निरन्तर रहने निर्णय बैठकले गरेको छ’–अध्यक्षमन्डलका संयोजक महन्त ठाकुरद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ–‘मधेस आन्दोलनको भावना, मधेसी जनताको चाहना र जनादेशसमेतलाई ध्यानमा राखी विभिन्न उत्तार–चढावबीच राजपाले प्रदेश सरकारलाई दिएको समर्थन जारी राख्दै सरकारमा सहभागी भएर अगाडि बढ्ने निर्णय गरेको छ ।’

बुधबार राजपाका महासचिव एवं प्रदेशसभा सदस्य मनीषकुमार सुमनले प्रदेश नम्बर–२ को संघीय समाजवादी फोरम नेपाल नेतृत्वको सरकारबाट आफ्नो पार्टी बाहिरिने अभिव्यक्ति दिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्