Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


विश्व रक्तदाता दिवसका अवसरमा साताव्यापी कार्यक्रम गरिने


0
Shares

ब्लड डोनर्स एसोसिएसन नेपालले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी जेठ २५ गतेदेखि जेठ ३१ गतेसम्म हुने कार्यक्रमको जानकारी दिएको हो ।

संघीय संरचनाअनुसार रक्तदान केन्द्रहरु स्थापना गर्ने र सबैलाई बिनाशोधभर्ना रगत उपलब्ध गराउनुपर्ने एसोसिएसनको माग छ ।

ब्लोदानले २५ गते रक्तदान सम्बन्धमा महिला अन्तरक्रिया, २६ गते वृहत् रक्तदान तथा नेगेटिभ रक्तसमूह अन्तरक्रिया, २७ गते युवा रक्तदाता भेटघाट, २८ गते उपत्यकाव्यापी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, २९ गते उपत्यकाव्यापी विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, ३० गते रक्तदान जनचेतना र्‍याली र ३१ गते वृहत् रक्तदान, विश्व रक्तदाता दिवस मूल समारोह कार्यक्रम तथा दीप प्रज्ज्वलन कार्यक्रम रहेको जनाएको छ ।

Skip This