
अहिले जग्गाको मालिक सरकार र जनता दुवै नभएको भन्दै भू–माफियाहरुले त्यसको स्वामित्व लिन खोजेकाले त्यसलाई व्यवस्थापन गर्नु पहिलो चुनौती रहेको मन्त्री खनालले बताए ।
बिहीबार नवलपरासीको सुनवलमा सन्चारकर्मीहरुसँग उनले भूमिको व्यवस्थापन नहुँदा कृषिलाई आधुनिकीकरण गर्न नसकेको जिकिर गरे ।
यसैबीच, पश्चिम नवलपरासीका भूमिहीनहरुलाई जग्गाधनी पुर्जा पनि वितरण गरिएको छ ।
लामो समयदेखि जोतभोग गर्दै आएपनि प्रमाण नहुँदा जग्गाको स्वामित्व पाउन नसकेका भूमिहीनहरुलाई नापी कार्यालय परासीले पुर्जा वितरण गरेको हो ।
यस वर्षको जेठसम्म एक हजार २२६ धनीलाई ६७ विगाहा क्षेत्रफलको पुर्जा वितरण गरिएको नापी कार्यालय परासीका प्रमुख सुग्रिव यादवले जानकारी दिए ।
एक व्यक्तिले १० धुरदेखि दुई कट्ठासम्म जग्गाधनी पुर्जा पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्