२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ग्रामीण क्षेत्रमा शाखा विस्तार गर्ने बैंकहरुलाई प्रदेश सरकारले सहयोग गर्ने


0
Shares

बिहीबार सानिमा बैंकले कैलालीको धनगढी विमानस्थलमा स्थापना गरेको एटीएमको शुभारम्भ गर्नेक्रममा उनले ग्रामीण क्षेत्रमा शाखा सन्चालन गर्ने बैंकहरुलाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए ।

उनले ग्रामीण क्षेत्रमा बैंक स्थापना नहुँदा त्यस क्षेत्रमा स्थानीय तह सन्चालन गर्नसमेत समस्या भइरहेको पनि बताए ।

पैसा खल्तीमा हालेर हिँड्ने दिन अब नहरेको बताउँदै मन्त्री बोहराले एटीएम सेवा विस्तारले नै सरकारको ‘क्यासलेस’ अवधारणा सफल हुने बताए ।

धनगढी विमानस्थलमा पहलोपटक सानिमा बैंकले एटीएम सन्चालनमा ल्याएको जनाइएको छ ।