जंगली च्याउ खाँदा दम्पती बिरामी • Image Khabar Image Khabar


जंगली च्याउ खाँदा दम्पती बिरामी


Imagekhabar
२५ जेष्ठ २०७५, शुक्रबार ११:०९

जंगली च्याउ खाँदा दम्पती बिरामी

विराटनगर, जेठ २५ । मोरङमा जंगली च्याउ खाँदा बिहीबार एक वृद्ध दम्पती बिरामी परेका छन् ।

मिक्लाजुङ गाउँपालिका–५ बस्ने ७० वर्षका जंगबहादुर विश्वकर्मा तथा उनकी पत्नी ६० वर्षीया देवीमाया बिरामी परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

दुवै जनाको मंगलबारे अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्