१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


भारत जान लागेका १८ बालबालिकाको उद्धार


0
Shares

कञ्चनपुर, जेठ २५ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत प्रवेश गरेका १७ वर्ष मुनिका १८ बालबालिकाको उद्धार गरिएको छ ।

अछामको ढकारी ७ ढुंगाचाल्नाका १२ जना बालक र ६ जना बालिकाको पश्चिमी सीमा नाकास्थित एसएसबी क्याम्पबाट उद्धार गरिएको हो ।

भारतीय सुरक्षाकर्मीले आफन्तसँग रोजगारीका लागि भारत हिँडेका उनीहरुलाई रोकेर नेपाल प्रहरीलाई खबर गरेको थियो । बालबालिका रोजगारीका लागि भारत जान लागेकाले उनीहरुलाई उद्धार गरि सोधपुछको काम भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठीले बताए ।

प्रहरीले बालबालिकालाई भारत लैजाँदै गरेका ढकारी गाउँपालिकाकै ५३ वर्षीय रामबहादुर बुढा र ४८ वर्षीय रतन विकलाई नियन्त्रणमा लिएको छ ।

उद्धार गरिएका बालबालिका १३ वर्षदेखि १७ वर्ष उमेर समूहका छन् । बालिकालाई माइती नेपालको संरक्षमा राखिएको छ भने बालकलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।